Comments Add Comment

महामारीमा राष्ट्रसंघको सहयोग नलिने भारतको निर्णय

१६ वैशाख, काठमाडौं । कोभिड-१९को महामारीमा भारतले संयुक्त राष्ट्रसंघले प्रस्ताव गरे अनुसारको सहयोग नलिने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै अन्य मुलुकसँग भारतलाई सहयोग गर्न अपिल गरेका थिए । यद्यपि, भारतले भने राष्ट्रसंघको सहयोग लिन अस्वीकार गरेको हो ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार गुटेरसका उपप्रवक्ता फरहान हकले भारतले सहयोगको प्रस्ताव अस्वीकार गरेको बताएका हुन् । हकका अनुसार भारतले आफूहरुसँग राम्रो स्वास्थ्य प्रणाली रहेको भन्दै राष्ट्रसंघको सहयोग नचाहिने जवाफ पठाएको हो । यद्यपि, राष्ट्रसंघले अझै पनि आवश्यक परेको अवस्थामा भारतलाई सहयोगको लागि तयार रहेको बताएको छ ।

राष्ट्रसंघले विश्वका सबै मानिस सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित नहुने भन्दै भारतलाई सहयोगको लागि आग्रह गरेको हो । अहिले भारत कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ । भारतमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेसँगै अमेरिका, बेलायत, फ्रान्सलगायतका मुलुकले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment