Comments Add Comment

पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जीको जित

१९ वैशाख, काठमाडौं । भारत पश्चिम बंगालमा मुख्यमन्त्री ममता बनर्जी नन्दीग्रामबाट वियजी भएकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीलाई १२ सय मतअन्तरले हराएकी हुन् ।

साथै उनको पार्टी तृणमूल कांग्रेस (टीएमसी)ले जित उन्मुख देखिएको छ । अहिलेसम्मको मतगणना अनुसार यो पार्टीले चार स्थानमा जित हासिल गरेको छ भने २०५ स्थानमा अग्रता लिएको भारतीय निर्वाचन आयोगले बताएको छ ।

यस्तै भारतीय जनता पार्टी (भाजपा)ले ८३ स्थानमा अग्रता लिएको छ । पश्चिम बंगालको २९४ मध्ये दुई सिटको मत गणना रोकिएको छ । बहुमतको लागि १४८ सिट आवश्यक पर्छ ।

त्यस्तै आसाममा भारतीय जनता पार्टीसहितको एनडीए गठबन्धनले एक ठाउँमा जित र ५५ ठाउँमा अग्रता लिएको छ भने भारतीय कांग्रेसको २८ ठाउँमा अग्रता रहेको छ ।

यस्तै तामिलनाडुमा विपक्षी डीएमकेले एक ठाउँमा जित र १२२ ठाउँमा अग्रता लिएको छ । यो राज्‍यको विधानसभामा २३४ छ । यस्तै केरला १४० सिट र पुदुचेरीमा ३० सिटको लागि मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment