Comments Add Comment

भारतको बिहारमा मंगलबारदेखि लकडाउन

Photo Credit : फाइल फोटो/ANI

२१ वैशाख, काठमाडौं । भारतको बिहार राज्यमा मंगलबारदेखि लकडाउनको घोषणा गरिएको छ । बिहारमा मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नितिश कुमारले सोमबार मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिएका छन् ।

बिहारमा सोमबार कोरोनाका ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए भने ८२ कोरोना संक्रमितको मृत्यु भएको थियो । बिहारको पटनामा मात्र सोमबार २४ जनको मृत्यु भएको थियो ।

यसअघि पटनाको उच्च अदालतले बिहारमा कोरोना संक्रमण उच्च देखिन थालेको भन्दै सरकारलाई लकडाउन घोषणा गर्न निर्देशन दिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment