Comments Add Comment

भारतमा संक्रमणको स्थायी समाधान खोप अभियान : फाउची

२७ वैशाख, काठमाडौं । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भारतमा अहिले देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको स्थायी समाधान खोप अभियानलाई तीव्रता दिनु रहेको बताएका छन् । उनले त्यसका लागि भारतले खोप उत्पादन बढाउनु जरुरी रहेको बताएका छन् ।

स्थानीय टेलिभिजनसँगको कुराकानीमा फाउचीले विश्वको सबैभन्दा ठूलो खोप उत्पादकको रुपमा रहेको भारतले आफ्नो स्रोतको प्रयोग गर्दै खोप उत्पादन बढाउनुपर्ने बताए ।

खोप अभियानको माध्यमबाट मात्र महामारीलाई दीर्घकालीनरुपमा नियन्त्रणमा ल्याउन सकिने उनको भनाइ छ । उनले अन्य मुलुकसँग पनि भारतलाई खोप बनाउन सहयोग गर्नुपर्ने बताए ।

फाउचीले अहिले भारतले एक वर्षअघि चीनले गरेको जस्तै अस्थायी अस्पताल बनाउँदै अहिलेको अवस्थालाई नियन्त्रणमा ल्याउन सकिने बताए । भारतमा अहिले देखिएको अस्पताल बेडको अभावलाई लक्षित गर्दै फाउचीले यस्तो बताएका हुन् । बिरामीको लागि अक्सिजनको अभाव हुनु निकै दुःखद् भएको फाउचीको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment