Comments Add Comment

महामारीमा अनुचित व्यापारिक क्रियाकलाप नर्गन वाणिज्य विभागको आग्रह

३१ वैशाख, काठमाडौं । महामारीको समयमा अनुचित व्यापारिक क्रियाकलाप नर्गन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीहरुलाई आग्रह गरेको छ । महामारीको अवस्थामा बजार व्यवस्थित बनाउन सबै पक्षले भूमिका खेल्नु पर्नेमा केही व्यापारीहरुबाट अनुचित क्रियकलाप भएको गुनासो आएको विभागले जनाएको छ ।

‘बजारमा अस्वभाविक मूल्य वृद्धि भएको, कमसल गुणस्तरको उत्पादनलाई बढी मूल्य लिई बिक्री गरेको लगायतका गुनासोहरु विभागमा प्राप्त भएका छन्, महामारीमा बजार व्यवस्थित राख्नु हामी सबैको दायित्व हो’ विभागले विज्ञप्ति मार्फत भनेको छ ।

आफ्नो सबै संयन्त्रमार्फत बजार अनुगमन तिब्र रुपमा अघि बढाएको दाबी गर्दै विभागले कैफियत गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । महामारीको समयमा जिम्मेवार व्यवसायीको भूमिका निभाउनु अपरिहार्य भएको भन्दै विभागले अनुचित व्यपारिक क्रियाकलाप गर्ने व्यवसायीविरुद्ध विभागको टोलफ्री नम्बर ११३७ मा उजुरी गर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment