Comments Add Comment

हेटौंडा अस्पतालले भन्यो-तीन घण्टालाई पुग्ने अक्सिजन मात्रै बाँकी छ

३१ वैशाख, काठमाडौं । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा (हेटौंडा अस्पताल) अक्सिजनको अभाव भएर थप बिरामी भर्ना गर्न र भर्ना भएकाहरुको उपचार गर्न समस्या परेको बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले अब आईसीयू र एचडीयूमा भर्ना भएका बिरामीका लागि ३ घण्टालाई मात्र पुग्ने अक्सिजन मौज्दातमा रहेको बताएको छ ।

अस्पतालले अक्सिजनामा अन्य जिल्लाका उद्योगहरुमा भर पर्नु परेको र हिीबारबाट अन्यत्रको जिल्लाबाट पनि अक्सिजन आपूर्ति रोकिएकाले अप्ठेरो परिस्थिति सिर्जना भएको अस्पतालले जानकारी दिएको छ ।

‘अक्सिजन उपलब्ध हुन नसकेकाले बिरामीको उपचारमा पर्न गएको असुविधाप्रति क्षममाप्रार्थी छौं,’ अस्पतालले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment