Comments Add Comment

प्रधानमन्त्री ओलीले लिए शपथ

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।

प्रधानमन्त्री  ओलीले आफू पदमुक्त हुनुअघिको मन्त्रिपरिषदका सबै सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्रीहरुले पनि शुक्रबार नै शपथ लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment