Comments Add Comment

लाख खर्च गरेर मरेको रिहर्सल, महिलाले गरिन् आफ्नै अन्तिम संस्कार

कोरोना महामारीका कारण संसारभर लाखौं मानिसको मृत्यु भइसकेको छ । मानिसहरुलाई आफ्नो ज्यान जोगाउन हम्मेहम्मे परिरहेको छ । तर यही बेला चिलीकी एक महिला भने कोरोनाबाट भएका मृत्युबाट यति धेरै प्रभावित भइन् कि उनले आफ्नै मृत्युको रिहर्सल गरिन् र अन्तिम संस्कार समेत गरिन् ।

ती महिलाले आफ्ना सबै साथीहरुलाई बोलाइन् र आफ्नो योजनाका बारेमा बताइन् । अनि उनले १ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर आफ्नो अन्तिम संस्कारको कार्यक्रम गरिन् ।

आफ्नै मृत्युको रिहर्सल तथा अन्तिम संस्कार गर्ने ती महिलाको नाम मायरा अलोन्जो हुन् । ५९ वर्षकी ती महिला चिलीको सेन्टियागो शहरमा बस्छिन् ।

अलोन्जोले पछिल्ला दिनहरुमा कोरोनाबाट भइरहेका मृत्यु देखेर आफ्नो अन्तिम संस्कार गर्ने बारेमा सोचेकी थिइन् । त्यसपछि उनले आफ्नो अन्तिम संस्कारको रिहर्सल गर्ने अनौठो कामका लागि साथीहरुलाई मनाएकी थिइन् ।

अन्तिम संस्कारका बेला उनी लास राख्ने बाकसमा केही घण्टा सुतेकी थिइन् । उक्त बाकसलाई उनले एक दिनका लागि भाडामा लिएकी थिइन् ।

मायराको नक्कली अन्तिम संस्कारका बेला उपस्थित उनका परिवारजन तथा साथीहरुले पनि नक्कली आँशु बगाएका थिए ।

अन्तिम संस्कारका बेला उनी सेतो पहिरनमा थिइन् र फूलको क्राउन लगाएकी थिइन् । साथै उनले आफ्नो नाकको प्वालमा मरेको मान्छेको झैं कपास कोचेकी थिइन् । अर्थात् मुर्दाघरमा लासका लागि गरिने सबै बन्दोबस्त उनले आफ्नो नक्कली मृत्युका लागि गरेकी थिइन् ।

यी महिलाले गरेको आफ्नै मृत्युको रिहर्सल र अन्तिम संस्कारका बारेमा सोसल मिडियामा अनेक खालका टिकाटिप्पणी भइरहेका छन् । कतिपयले उनको तीव्र आलोचना पनि गरेका छन् । चर्चा कमाउनका लागि मायराले यस्तो हर्कत गरेको र उनले कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको मजाक उडाएको कतिपयको तर्क छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment