Comments Add Comment

भेँडा चराउँदा किसानले फेला पारे करोडौँको उल्का पीण्ड, गरे सरकारलाई दान

बेलायतको कट्सभोल्ड्सस्थित ग्रामीण इलाकामा भेँडा चराउने एक किसान एकै झट्कामा झण्डै करोडपछि बने । ५७ वर्षका भिक्टोरिया बोन्ड नामका भेँडी गोठालाले चौरमा यस्ता दुईवटा पत्थर फेला पारे कि त्यो बिक्रि गरेको भए आफुले चाहे अनुसारको करोडौँ मूल्य पाउँथे होलान् ।

वास्तवमा ती पत्थर उल्कापिण्डका टुक्रा थिए तर हेर्दा सामान्यजस्तो देखिने । उल्कापिण्डका ती टुक्रा गत ४ अर्ब वर्षदेखि अन्तरीक्षमा घुमिरहेका थिए र गत फेब्रुअरीमा पृथ्वीमा खसेका थिए । आफ्नै गाउँ नजिकै पत्थर खसेको आवाज भिक्टोरियाले पनि सुनेका थिए ।

ती दुई टुक्रा उल्कापिण्डको मूल्य करोडौँ पर्ने बताइएको छ । तर भेँडीगोठालाले उक्त पत्थरहरु नेचुरल हिस्ट्री म्युजियमलाई दान गरेका छन् ।

संग्राहलयले ती पत्थरहरु प्रदर्शनीमा राख्नेछ । ती दुर्लभ पत्थरको नाम विन्चकम्ब उल्कापिण्ड राखिएको छ । बेलायतमा पछिल्लो ३ दशकमा फेला परेको यो पहिलो उल्का पीण्ड हो ।

स्मरण रहोस् भिक्टोरियाले दुर्लभ उल्कापिण्ड फेला पारेको खबर थाहा पाएसँगै वैज्ञानिकहरु उनको घर पुगेर डेढ करोड रुपैयाँ बराबरको रकममा किन्ने प्रस्ताव राखेका थिए ।

तर ती किसान निकै मनकारी रहेछन् । त्यो पत्थर दुर्लभ र बहुमूल्य उल्कापिण्ड हो भन्ने जब उनले थाहा पाए तब त्यसलाई बिक्रि गर्न मानेनन् र संग्राहलयलाई दान गरे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment