Comments Add Comment

३७ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

३ जेठ, काठमाडौं । देशका ३७ जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को झापा, मोरङ सुनसरी, प्रदेश को बारा, पर्सा, रौतहट, महोत्तरी र धनुषा, सप्तरीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

वाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र सिन्धुली तथा गण्डकीको कास्की, गोरखा र नवलपरासी पूर्व, तनहुँ, स्याङ्जामा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

त्यस्तै लुम्बिनीको दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, अर्घाखाँची, कपिलवस्तु र नवलपरासी पश्चिम, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, बैतडी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित भेटिने जिल्लाको संख्या १९ पुगेको छ ।

जसमा प्रदेश १ को ताप्लेजुङ, उदयपुर, धनकुटा र संखुवासभा, प्रदेश २ को सिराहा र सर्लाही, वाग्मतीको रामेछाप र रसुवा जिल्ला रहेका छन् ।

त्यस्तै गण्डकीको लमजुङ, पर्वत र म्याग्दी, लुम्बिनीको गुल्मी र रोल्पा, कर्णालीको जाजरकोट, दैलेख, सल्यान र रुकुम पश्चिम र सुदूरपश्चिमको डडेल्धुरा र डोटीमा पनि २०० भन्दा बढी संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment