Comments Add Comment

कोरोना संक्रमणबाट पर्सा, बारा, रौतहटका थप ७ जनाको मृत्यु

४ जेठ, वीरगञ्ज । वीरगञ्ज र कलैयाका अस्पतालमा गरेर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जको नारायणी र भवानी अस्पतालमा २/२ जना, नेशनलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पताल, वीरगञ्ज हेल्थ केयर हस्पीटल र बाराको कलैया अस्पतालमा १/१ जनाको मृत्यु भएको हो ।

नारायणी अस्पतालमा बाराको प्रसौनी गाउँपालिका–२ बस्ने ४१ वर्षीय पुुरुषको मंगलबार बिहान १ः१० बजे मृत्यु भएको छ । वैशाख २० गते अस्पताल भर्ना भएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थियो ।

नारायणीमै रौतहटको राजपुर नगरपालिका–१ बहुअर्वाका ६० वर्षीय पुरुषको मंगलबार बिहान १ः३५ बजे मृत्यु भएको छ । वैशाख २८ गते स्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

बाराको फेटा गाउँपालिका– ३ बजारटोल बस्ने ५२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । वैशाख ३१ गते उनलाई नेशनल मेडिकलले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा भर्ना गरिएको थियो । वैशाख २ गते उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा मंगलबार बिहान साढे ११ बजे उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानाकरी दिए ।

बाराको कलैया अस्पतालमा उपचारको क्रममा बारागढी– ६ गडहर बस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १ गते स्वासप्रश्वासमा समस्या आएपछि कलैया अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बारा कोल्हवी–११ बस्ने ५१ वर्षीया महिलाको भवानी हस्पिटलमा उपचारको क्रममा मंगलबार बिहान १ बजे मृत्यु भएको छ । वैशाख १७ गते एन्टिजेन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

बाराको प्रसौनी गाउँपालिका–१ बस्ने ७० वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्यु भएको छ । बैशाख २६ गते स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई भवानी हस्पिटलमा भर्ना गरिएको थियो । बैशाख २९ गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा वीरगञ्ज–१५ बस्ने ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख २६ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षणपछि कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा सोमबार राति साढे ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment