Comments Add Comment

युभेन्ट्सले जित्यो कोपा इटालियाको उपाधि

६ जेठ, काठमाडौं। युभेन्ट्सले एटलान्टालाई २-१ ले पराजित गर्दै कोपा इटालियाको उपाधि जितेको छ । सिरी ए को उपाधि होडबाट बाहिरिसकेको युभेन्ट्सलाई यस उपाधिले राहत दिएको छ । साथै आन्द्रे पिर्लोले प्रशिक्षकको रुपमा पहिलो उपाधि जितेका छन् ।

यस्तै यस सिजनको अन्तिममा युभेन्ट्स छाड्ने घोषणा गरिसकेका भेट्रान गोलकीपर ४३ वर्षीय जियानलुजी बफोनका लागि पनि सुखद बनेको छ ।

ससुलोस्थित मापेइ स्टेडियममा ४ हजार तीन सय दर्शकका माझ भएको खेलको ३१ औं मिनेटमा देजान कुलुसेभ्स्कीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । रुस्लान मालिनोभ्स्कीले ४१ औं मिनेटमा एटलान्टाका लागि बराबरी गोल फर्काए ।

७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई २-१ गोलको जितसहित उपाधि दिलाए । युभेन्ट्सले १४औं पटक कोपा इटालियाको उपाधि जितेको हो ।

खेल सकिन दुई मिनेटअघि टोलोई रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सीमित बनेको थियो ।

युभेन्ट्सले २०१८ पछि पहिलो पटक उपाधि जितेको हो । सन् १९६३ पछि पहिलो पटक फाइनल पुगेको एटलान्टा भने फेरि उप-विजेतामै सिमित बन्यो ।

सिरी ए मा पाँचौ स्थानमा रहेको साविक विजेता युभेन्ट्स अर्को सिजन च्याम्पियन्स लिग खेल्ने संघर्षरत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment