Comments Add Comment

कोपा अमेरिकाको सहआयोजकबाट कोलम्बियालाई हटाइयो

७ जेठ, काठमाडौं । आगामी जुनमा सुरु हुने कोपा अमेरिका फुटबल कोलम्बियामा नहुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबोलले बिहीबार कोलम्बियालाई सहआयोजकबाट हटाउने निर्णय गरेको हो ।

कोलम्बियन राष्ट्रपति इभान डुकको विरुद्धमा त्यहाँको सडककमा प्रदर्शन भएपछि प्रतियोगिता सुरु हुनु एक महिनाभन्दा कम समय बाँकी रहँदा कोलम्बियालाई आयोजकबाट हटाइएको छ ।

विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको कोपा अमेरिका जुन १३ देखि जुलाई १० अर्जेन्टिना र कोलम्बियामा आयोजना हुने तय थियो र पहिलो पटक कोपा दुई देशले संयुक्त रुपमा आयोजना गर्न लागेका थिए ।

तर अब कोलम्बिया आयोजक रहेन । यो निर्णय आउनु केही घण्टा अघि कोलम्बियाले प्रतियोगिता सार्न कन्मेबोललाई आग्रह गरेको थियो । त्यहाँका खेलकुद मन्त्री एर्नेस्टो लुसेनाले कोभिड-१९ महामारीका कारण प्रतियोगिता यस वर्षको अन्त्यमा सार्नुपर्ने रिपोर्टहरुसँग बताएका थिए ।

कन्मेबोलले स्टेमेन्ट जारी गर्दै प्रतियोगिता नोभेम्बरमा सार्न असम्भव रहेको भन्दै कोलम्बियामा हुने तय भएको खेल कहाँ हुने भनेर केही दिनमा थाहा हुने बताए ।

मंगलबार अर्जेन्टिना अध्यक्ष अल्बर्टो फर्नान्डेजले कोलम्बियाले सहआयोजना नगरे आफूहरु कोपा अमेरिका पूरै आयोजना गर्न तयार रहेको बताएका थिए ।

राष्ट्रपति इभाले महामारीका बेला कर बढाउन खोजेपछि अप्रिल २८ देखि कोलमबियामा प्रदर्शन सुरु भएको थियो । जसका कारण गत साता कोपा लिबरटाडोरस अन्तर्गत कोलम्बियाको अमेरिका डे कासी र ब्राजिलको एट्लेटिको मिनेइरोबीचको खेल बारम्बार प्रभावित भएको थियो ।

यस पटक कोपा अमेरिका उत्तर दक्षिण क्षेत्रगरी दुई समूहमा विभाजन गरेर खेलाइनेछ । समूह ए मा अर्जेन्टिना, बोलिभिया, चिली, पाराग्वे र उरुग्वे छन् भने समूह बी मा ब्राजिल,कोलम्बिया, इक्वेडर, पेरु र भेनेजुएला छन् ।

दुवै समूहका शीर्ष चार टोली क्वाटरफाइनल प्रवेश गर्नेछन् ।

सन् २०२२ को विश्वकप आयोजक कतार अनी अष्ट्रेलिया गेस्ट टिमको रुपमा कोपा अमेरिका खेल्ने तय थियो । तर कोरोना भाइरस महामारीले गर्दा दुवैले फेब्रुअरीमा नाम फिर्ता लिए ।

कोलम्बियालाई आयोजकबाट हटाएपनि कोपा अमेरिका आयोजनाका लागि सहज भने छैन । अर्जेन्टिनामा पछिल्लो समय मात्रै कोभिड-१९ को संक्रमण दर दैनिक बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि बढेको छ ।

कोभिड-१९ कारण अर्जेन्टिनामा ७२ हजारको मृत्यु भइसकेको छ ।

कोरोना महामारीकै कारण २०२० मा तय भएको कोपा अमेरिका एक वर्षपछि सरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment