Comments Add Comment

सबैभन्दा धेरै बाँच्ने अष्ट्रेलियन पुरुष भन्छन् : कुखुराको गिदी खाएर १११ वर्ष बाँचें

१ सय ११ वर्षका डेक्स्टर क्रुगर अष्ट्रेलियाको इतिहासमै अहिलेसम्म धेरै बाँच्ने पुरुष बन्न सफल भएका छन् । सोमबार उनको उमेर १ सय ११ वर्ष, १२४ दिन पुगेसँगै उनले सबैभन्दा धेरै बाँच्ने अष्ट्रेलियन पुरुषको कीर्तिमान भंग गरेका हुन् । यसअघि सन् २००२ मा मृत्यु भएका प्रथम विश्व युद्धका सैनिक ज्याक लकेट १११ वर्ष १२३ दिनसम्म बाँचेका थिए ।

सबैभन्दा धेरै बाँच्ने अष्ट्रेलियन हुनु सामान्य कुरा होइन । आखिर यति पाको उमेरसम्म बाँच्न सफल हुनुको राज के हो त ? पूर्व पशुपालक किसान रहेका डेक्स्टरले दीर्घजिवी हुनुको रहस्य खोलेका छन् । उनका अनुसार नियमित रुपमा कुखुराको गिदी खानाले उनी यति लामो उमेरसम्म बाँच्न सफल भएका हुन् ।

क्विन्सल्इाण्डस्थित रोमामा रहेको आफ्नो निवासमा मिडियालाई अन्तरवार्ता दिँदै उनले आफूले हप्तामा एकपटक कुखुराको गिदी सहितको मासुको परिकार खाने गरेको खुलासा गरे । उनी भन्छन् ‘कुखुराको गिदी । तपाईंलाई थाहै छ, कुखुराको टाउको हुन्छ । टाउकोभित्र दिमाग हुन्छ । यो सानो तर निकै स्वादिलो चिज हुन्छ । एक पटकमा क्वाप्प खान सकिन्छ ।

क्रुगरका ७४ वर्षीय छोरा ग्रेग चाहिँ बुबाको साधारण जीवनशैली नै लामो आयुको कारक रहेको बताउँछन् । स्थानीय नर्सिंग होममा बस्दै आएका क्रुगरले अहिले आफ्नो आत्मकथा लेखिरहेका छन् । १ १ सय वर्षको हुँदा पनि उनको स्मरणशक्ति अद्भूत रहेको नर्सिंग होमकी म्यानेजर मेलानी काल्भर्ट बताउँछिन् ।

अष्ट्रेलियन बुक अफ रेकर्डस्का संस्थापक जोन टेलरले क्रुजर अष्ट्रेलियामा अहिलेसम्मै धेरै बाँच्ने पुरुष बनेको पुष्टि गरेका छन् । जबकि धेरै बाँच्ने अष्ट्रेलियन महिला चाहीँ क्रिस्टिना कुक हुन् । सन् २००२ मा ११४ वर्ष १४८ दिनको उमेरमा उनको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment