Comments Add Comment

ड्राइभर ट्वाइलेट गएपछि एक मिनेट ढिलो भयो बुलेट रेल

जापानमा बुलेट ट्रेन भन्ने बित्तिकै समय पालनामा विश्व चर्चित छ । तर हालै एउटा बुलेट रेल निश्चित समयभन्दा १ मिनेट ढिलो भएपछि अधिकारीहरुले केही गडबडी भएको महसुस गरे ।

रेल ढिलो भएको विषयमा तत्कालै अनुसन्धान गर्दा थाहा भयो कि उक्त रेलको ड्राइभर पिसाब फेर्नका लागि ट्वाइलेट गएका कारण रेल निर्धारित समयमा स्टेसनमा पुग्न सकेको रहेनछ ।

अनुसन्धानका क्रममा ड्राइभरले आफ्नो पेटको तल्लो भागमा निकै दुखाई महसुस भएको हुनाले आफु ट्वाइलेट गएको र त्यसक्रममा उक्त तीव्र गतिको रेल चलाउने तालिम नलिएको कन्डक्टरलाई सुम्पिएको स्वीकार गरे ।

ड्राइभर ट्वाइलेट गएको बेला करिब ३ मिनेटसम्म उक्त रेल कन्डक्टरको भरमा डेढ सय किलोमिटर प्रतिघण्टाको गतिमा दौडिरह्यो । उक्त रेलमा १६० जना यात्रु थिए ।

बुलेट रेलहरु कम्प्युटरबाट स्वचालित रूपमा नियन्त्रित हुने भएपनि यात्रुहरुको सुरक्षा तथा समय तालिकामै चलाउनका लागि ड्राइभरले ब्रेक तथा एक्सलेरेटर दबाउनु पर्ने हुन्छ । यदि उक्त रेल समयमै पुगेको भए ड्राइभर ट्वाइलेट गएको कुरा थाहै हुँदैन’थ्यो । तर रेल ढिलो हुँदा माथिल्लो तहमा जानकारी पुग्यो ।

नियमानुसार रेल चलाइरहेको ड्राइभर आफू केहीबेर अनुपस्थित हुने भएमा कमान्ड सेन्टरमा जानकारी गराएर समन्वय गरेर मात्र नियन्त्रण प्रणालीलाई कार्यान्वयन गर्नसक्ने दक्ष कन्डक्टरलाई रेल सुम्पने वा कुनै नजिकको स्टेसनमा लगेर केही मिनेटमा लागि रेल रोक्नुपर्ने हुन्छ । तर आफूले पेट दुखेको निहुँमा रेल रोकेर सबै रेल प्रणालीलाई नै असर पार्न नचाहेको हुँदा माथिल्लो निकायमा जानकारी नै नगराई कन्डक्टरलाई रेल सुम्पिएको ती ड्राइभरले जवाफ दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment