Comments Add Comment

मैले रियल बाहिर आफूलाई देखेको छैन : हाजार्ड

काठमाडौं । सन् २०१९ मा इंग्लिस क्लब चेल्सीबाट स्पेन आएयता एडेन हाजार्डले रियल मड्रिडमा राम्रो समय बिताउन पाएनन् । तर उनी रियलमै आफ्नो भविष्य रहेकोमा आश्वस्त छन्।

बेल्जियन विंगर हाजार्ड हाल युरो २०२० को तयारीका लागि राष्ट्रिय टिमसँग छन् । युरो सकिएपछि उनले रियलका जर्सी फेरि लगाएर राम्रो क्षमता देखाउनेमा विश्वस्त छन् ।
‘मैले आफूलाई रियल मड्रिडभन्दा बाहिर देखेको छैन,’ हाजार्डले बेल्जियन ट्रेनिङ क्याम्पको पत्रकार सम्मेलनमा भने ।

‘मसँग अझै सम्झौताको ३ वर्ष बाँकी छ र जब म शतप्रतिशत फिट हुन्छ टिममका लागि धेरै गर्नेछु । मलाई थाहा छ मैले के गर्नुपर्छ । अहिले म युरोमा केन्द्रित छु । तर त्यसपछि म रियल मड्रिडका लागि धेरै राम्रो गर्न जादैछु ।’

चोटका कारण पछिल्लो सिजन हाजार्डका लागि राम्रो हुन सकेन । उनले चोटलगायत समस्यालाई पछि छाड्दै अगाडिको यात्रामा केन्द्रित हुने बताए ।

‘मेरो लागि एकदमै अभागी सिजन रह्यो । जब म एकरुपतामा हुन्छु म बलियो खेलाडी हुन्छु,’ हाजार्डले भने, ‘ मलाई थाहा छ म अहिले मेरो उत्कृष्ट लेभलको नजिक छु र फेरि घाइते नहुने आशा गर्दछु । मेरो लागि केही उत्कृष्ट वर्ष बाकी नै छ ।’

३० वर्षीय हाजार्डले अर्को सिजन रियलमा हुनेमा कन्फिडेन्ट छन् तर उनीसँगै एकजना हुने छैनन् जिनेदिन जिदान । हाजार्डले जिदानको बहिर्गमनबाट दु:खी भएको समेत बताए।

जिदानसँग २ वर्ष बिताएको र धेरै दिन नसकेकोमा जिदानप्रति ऋणी रहेको बताए ।

हाजार्ड सम्मिलित बेल्जियमले जुन १२ मा रसियासँग खेल्दै युरो २०२० को सुरुवात गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment