Comments Add Comment

अक्सिजन प्लान्टका लागि घरजग्गा व्यवसायीको सहयोग

२३ जेठ, काठमाडौं । मकवानपुर घरजग्गा व्यवसायी संघले हेटौंडा अस्पतालमा जडान भएको अक्सिजन जेनरेटर प्लान्टको आर्थिक दायित्व बहन गरेको छ । दुई हप्ता अगाडि जडान गरिएको प्लान्टको ३८ लाख रुपैयाँ लागत संघले व्यहोरेको हो ।

हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा १८ अक्सिजन सिलिन्डिर उत्पादन हुने प्लान्ट जडान गरिएको थियो । आइतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्लान्ट ल्याएका बयोधा मेडिकल टेक्नोलोजीका प्रमुख दिपक खनाललाई मकवानपुर घरजग्गा व्यवसायी संघले उपलब्ध गराएको ३८ लाखको चेक हस्तान्तरण गरे ।

मेयर महतले राम्रो कामको थालनी गरिहाल्नुपर्ने भन्दै प्लान्ट जडान गर्न तत्काल निर्णय लिएको बताएका थिए । अब हेटौंडा अस्पतालमा अक्सिजन अभाव भएर बिरामीहरु मर्नु नपर्ने उनको विश्वास छ ।

घरजग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष ध्रुव घिमिरले युवा व्यवसायीहरु मिलेर प्लान्टका लागि सहयोग जुटाएको बताए । नगरलाई आर्थिक व्ययभार नपर्ने गरी व्यवसायीहरुले यस्तो निर्णय लिएको भन्दै उनले महामारीमा छिटो निर्णय लिएर प्लान्ट राख्न मेयर महतले गरेको पहलका लागि धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment