Comments Add Comment

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य उपकरण हस्तान्तरण

२८ जेठ, काठमाडौं । ‘छिमेकी पहिलो’ नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको करिब २८ कोरोड ८ लाख नेपाली रुपैंया बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण शुक्रबार नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई शुक्रबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड-१९ विरुद्घको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्‍याएको योगदानको सराहना गरेका थिए ।

भेन्टिलेटर, एम्बुलेन्स, आइसीयू बेड, पीपीइ किट, पीसीआर परीक्षण किट लगायतका स्वास्थ्य सामाग्री जेष्ठ २७ गते काठमाडौं ल्याइएको थियो ।

गत साल यता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारीविरुद्ध लड्न विभिन्‍न किसिमका सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो । यो सहयोगले संकटको समयमा दुई देशका सेनाबीच रही आएको सहकार्यलाई प्रतिबिम्बित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment