Comments Add Comment

प्रदेश २ का नीति तथा कार्यक्रम पारित

३० जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको आइतबार  मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिएपछि पारित भएको हो ।

नीति तथा कार्यक्रम पारित गराउन सत्तारुढ जनता समाजवादी पार्टीको संसदीय दलले ह्वीप लगाएको थियो ।

नीति तथा कार्यक्रममा शनिबार र आइतबार गरी २६ जनाले आफ्नो धारणा राखेका थिए । सांसदहरुको जिज्ञासालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष सशक्त बनाएर लैजाने प्रतिवद्धता जनाएका थिए ।

माओवादी सांसदले लिएनन् संशोधन फिर्ता

नीति तथा कार्यक्रममाथि नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरी, एमालेकी सीता गुरुङ र सुन्दरबहादुर विश्वकर्मा तथा माओवादी केन्द्रका दिलीप साहले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर नेकपा माओवादी केन्द्रका सांसद साहबाहेक अरुले संशोधन प्रस्ताव फिर्ता लिए ।

साहको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment