Comments Add Comment

कोपा अमेरिका : अर्जेन्टिना र चिली भिड्दै

३१ जेठ, काठमाडौं । ब्राजिलमा भइरहेको ४७ औं संस्करणको कोपा अमेरिका फुटबलअन्तर्गत समूह ए का खेलहरु मंगलबार बिहानदेखि सुरु हुँदैछ ।

जसमध्ये उपाधिको दाबेदार मानिएको अर्जेन्टिना र चिलीबीचको खेल मंगलबार बिहान नेपाली समयअनुसार २:४५ बजे सुरु हुनेछ । खेल ओलम्पिक निल्टन सान्तोस स्टेडियममा हुनेछ ।

सुरुमा आयोजक रहे पनि आयोजना अधिकार गुमाएको अर्जेन्टिना सुखद सुरुवात गर्ने लक्ष्यमा छ । केही दिनअघि विश्वकप छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिना र चिलीले १–१ को बराबरी खेलेका थिए ।

लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनामा सर्जियो अगुएरो र एन्जल डि मारियासँगै युवा खेलाडीहरु छन् । यी तीन खेलाडी लामो समयदेखि सँगै खेलिरहेका छन् ।

उता चिलीको कप्तानमा भेट्रान गोलकिपर क्लाउडियो ब्राभो छन् भने फरवार्ड एलेक्सिस सान्चेज चोटका कारण खेल्ने छैनन् ।

यस्तै समूह ए कै अर्को खेलमा पाराग्वे र बोलिभियाबीचको खेल बिहान ५:४५ बजे स्टाडिओ ओलम्पिको पेड्रो लुडोभिकोमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment