Comments Add Comment

चिप्सको अभावले रोकियो सामसुङको नयाँ फोनको उत्पादन

स्मार्टफोनमा प्रयोग हुने चिप्सको अभाव हुँदा दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो नयाँ स्मार्टफोन मोडेलको उत्पादन बन्द गरेको छ ।

विश्वमा पछिल्लो समय विद्यमान सेमिकन्डक्टर अर्थात् चिपको आपूर्ति प्रणालीमा देखिएको समस्याबाट अछुतो रहन नसकेको सामसुङले ग्यालेक्सी एस २१ को उत्पादन बन्द गर्नु परेको हो ।

क्वालकोम एप्लिकेसन प्रोसेसरको अभावले गर्दा ग्यालेक्सी एस २१ एफ इ मोडेलको उत्पादन तत्काललाई रोक्नुपरेको बताइएको छ । आगामी अगष्टमा सामसुङले एस २१ फ्यान संस्करण बजारमा ल्याउने तयारी गरिरहेको थियो ।

यद्यपि चिप अभावले स्मार्टफोनको उत्पादन बन्द गर्नुपरेको विषयमा सामसुङले औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया जनाएको छैन । तथापि चिप अभावले उत्पादन रोक्नुपरेका कारण अगष्टमा सार्वजनिक गर्ने भनिएको उक्त मोडेलको स्मार्टफोनको सार्वजनिकीकरणको मिति पछि सर्ने निश्चित भएको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment