Comments Add Comment

गुल्मीमा पहिरोले दुई घर भत्कायो, एक महिला घाइते

१ असार, गुल्मी । गुल्मीको ईश्मा गाउँपालिकामा लगातारको वर्षाका कारण आएको पहिरोले दुईवटा घरमा क्षति पुगेको छ । यस्तै पहिरोमा परी एक महिला घाइते भएकी छन् ।

ईस्मा गाउँपालिका–५ मा राजेश परियारको निर्माणाधीन घर भत्किंदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार परिवारका अन्य सदस्यहरु सकुशल छन् । घर भत्किएपछि उनीहरुलाई प्रहरीले उद्धार गरेको हो । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यस्तै  वर्षासँगै गएको पहिरोले इश्मा गाउँपालिकाकै वडा नम्वर १ मा छत्रबहादुर पछाईको घर भत्किएको छ । घरमाथिबाट पहिरोसँगै ठूलो ढुंगा खस्दा घरमा क्षति पुगेको हो । घरमा रहेका सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।

लगातारको वर्षाले गुल्मीका आधा दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment