Comments Add Comment

थप २६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु

३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ भने २१४१ जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१३, बागलुङमा २४२, ललितपुरमा १२१, मोरङमा ११८, सुनसरीमा ९३ र कास्कीमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नुवाकोटमा ४७, झापा र चितवन ४४ जना, पाँचथरमा ४२, सिन्धुपाल्चोकमा ३८, भक्तपुरमा ३६, धादिङमा २९, मकवानपुरमा २७, सिरहामा २२, कपिलवस्तु र रुपन्देहीमा २०/२० जना कोरोना संक्रमित थपिएको छ ।

काभ्रेपलाञ्चोकमा १९, गोरखामा १८, नवलपरासी पश्‍चिममा १६, अछाममा १४, तेह्रथुम, जुम्ला र रूकुम पश्चिममा १३/१३ जना, धनुषा, रौतहट र स्याङजामा १२/१२ जना, उदयपुरमा ११, सिन्धुलीमा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नवलपरासी पूर्व र कैलालीमा ९/९ जना, सर्लाही र लमजुङमा ८, पर्वतमा ७, तनहुँमा ६, खोटाङ र रसुवामा ५/५ जना, धनकुटा र भोजपुरमा ४/४ जना,
सोलुखुम्बु, बारा, रामेछाप र रोल्पामा ३/३ जना, संखुवासभा, दोलखा, सुर्खेत,डडेलधुरा र बैतडीमा २/२ जना तथा इलाम, पर्सा, गुल्मी,बाँके, कालिकोट र दैलेखमा १/१ जनामा कोरोना संक्रण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्षमुनिका ५८ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment