Comments Add Comment

आमाको कर्तूत : समलिंगी छोरीलाई शुक्रकिटको सुई

आमा छोरीको एक जोडीका कारण बेलायतको एक रियालिटी टेलिभिजन शो निकै चर्चामा छ ।

एसमदर्ड नामक उक्त टिभी शो को तेश्रो संस्करण सुरु भैसकेको छ र कार्यक्रमका सामग्री र सहभागीहरुका कारण यो निकै विवादित पनि बनिरहेको छ ।

यो कार्यक्रममा आमा छोरीका त्यस्ता जोडीहरुलाई प्रस्तुत गरिन्छ जो एक अर्कासँग निकै नजिक छन् ।

तर यस पटक एसमदर्ड शो एक समलिंगी जोडी र उनकी आमाका कारण निकै चर्चामा छ ।

वास्तवमा कार्यक्रमको एक प्रोमोमा लरेन नामक महिलाले आफ्नी आमाको कारणले आफूले निकै अनौठो स्थितिको सामना गर्नुपरेको बताएकी छिन् ।

लरेनकी आमालाई जब आफ्नी छोरी लेस्बियन भएको कारण बच्चा जन्माउने रुची नदेखाएको थाहा हुन्छ तब उनले छोरीलाई शुक्रकिटको सुई लगाइदिन्छिन् ।

लरेनका अनुसार उनकी आमाले प्रायः आफूलाई नाति नातिना हेर्ने र उनीहरुसँग खेल्ने रहर रहेको बताउँथिन् । आमासँग सधैजसो यसै बारेमा छलफल हुन्थ्यो । सायद त्यस्तै छलफलका क्रममा आमाले लरेन लेस्बियन भएको पत्तो पाइन् र उनको मनमा शुक्रकिटको सुई लगाइदिने आइडियो आयो ।

लरेनले अनुसार आमाले त्यसरी शुक्रकिटको इन्जेक्सन लगाइदिएको कुरा उनको पार्टनरलाई थाहा भएन । संयोगवस उनलाई त्यो इन्जेक्सनले स्वास्थ्यमा असर पनि गरेन ।

लरेनकी समलिंगी पार्टनर लारा पनि लरेनकी आमा छोरीको आत्मीयता देख्दा आफू छक्क परेको र आफुलाई दुईजना महिलासँग बिहे गरेको जस्तो भान हुने बताउँछिन् ।

उनी भन्छिन्, ‘मलाई कहिलेकाहीँ त यस्तो लाग्दछ कि म लरेन र उनकी आमासँग समेत संसर्गमा आइसकेको छु । आफूलाई पोलिगेमिष्ट (धेरै पत्नी हुने) सम्बन्धमा भएझैँ लाग्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment