Comments Add Comment

उपत्यकामा विहान पनि ढुवानीका गाडी चल्ने

८ असार, काठमाडौं । काठमाडौं उपत्यकामा विहानको समयमा पनि ढुवानीका साधन चल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचा जारी गरी स्थानीय ढुवानीका साधन विहान ९ देखि ११ र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाउने उल्लेख गरेको छ ।

त्यस्तै मृत्यु संस्कारका लागि उपत्यकाबाहिर जानु परेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।

प्रशासन कार्यालयको सूचनामा मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जानुपर्ने भए सम्बन्धित स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयमा निवेदन दिन भनिएको छ ।

हेर्नुहोस् सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment