Comments Add Comment

पत्रकार पौडेललाई ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार

९ असार, काठमाडौं । एपी वान टेलिभिजनकी स्वास्थ्य संवाददाता सुजिता पौडेलले ३० हजार राशीको ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्राप्त गरेकी छन् ।

कोरोना महामारीका बेला फिल्डमा सक्रिय रुपमा खटिएकी उनलाई प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वर्गीय देवकोटाकी छोरी डा. सुधा देवकोटाले उक्त पुरस्कार पत्रकार पौडेललाई हस्तान्तरण गरिन् ।

डा. देवकोटाले बुवाको कारणले पत्रकारिताको महत्व बुझेकाले यो क्षेत्रसंग कुनै रुपमा जोडिऔँ भनेर पत्रकारिता पुरस्कार स्थापना गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment