Comments Add Comment

सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि जुटे कलाकार, कोषमा एक दिनमै ३२ लाख उठ्यो

सिन्धुपाल्चोकका बाढी प्रभावितहरुको लागि सहायता जुटाउन गठन गरिएको कलाकारहरुको समितिले एक दिनमै झण्डै ३२ लाख संकलन गरेको छ । सिन्धुपाल्चोकका बाढी प्रभावितको व्यवस्थापनका लागि गत साता अभिनेता कृष्ण मल्ल संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको थियो ।

बिहीबार काठमाडौंमा भएको समितिको भेलाले ‘सिन्धु सहयोग कोष’ स्थापना गरेको छ । त्यहाँ २ दर्जनभन्दा बढी कलाकारले व्यक्तिगत वा संस्थागत रुपमा सहयोगको घोषणा गरेका छन् । कोषका संयोजक मल्लका अनुसार झण्डै ३२ लाख रुपैयाँ सहयोगको घोषणा छ ।

घोषणा भएको उक्त रकम सिधै बैंक खातामा जम्मा गरिने मल्लले जानकारी दिए । ‘कोषमा पहिलो दिनमै झण्डै ३२ लाख रुपैयाँ सहयोगको घोषणा भएको छ’ मल्लले भने, ‘हामी बैंक खाता खोल्दैछौं । जसले सहयोगको घोषणा गर्नुभएको छ उहाँहरुले रकम सिधै खातामा जम्मा गर्नुहुनेछ ।’

कलाकारहरुले थप सहायताका लागि देश तथा विदेशमा रहेका मानिसहरुसँग अपिल पनि गरेका छन् । रकम बैंकमा जम्मा भएपछि पाँचपोखरी, हेलम्बु र मेलम्चीका बाढीपीडितको लागि अस्थायी आवास निर्माणमा सहयोग गर्न सुरु गरिने जनाईएको छ ।

शनिबार पुनः बैठक बसेर थप योजना बनाउने तयारी रहेको अभिनेता एवं सहयोग कोषको संयोजक मल्लले जानकारी दिए । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले घर आवास निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै, सोभित उप्रेतीले घर तथा आवास निर्माणका लागि ११ लाख सहयोग गरेका छन् ।

कसको कति सहयोग ?
अभिनेत्री करिश्मा मानन्धरः १ लाख रुपैयाँ

अभिनेता कृष्ण मल्लः नेपाल फिल्म सोसाइटीका तर्फबाट० स् १ लाख १ हजार रुपैयाँ

कृष्ण ढुंगानाः ५० हजार ५ सय ५५ रुपैयाँ

कलाकार जितु नेपालः ५१ हजार रुपैयाँ

संगीतकार चेतन सापकोटाः ५० हजार रुपैयाँ

नेपाल चलचित्र कलाकार संघः ५१ हजार रुपैयाँ

चलचित्र वितरक एवं हल संचालक गोपालकाजी कायस्थः २५ हजार रुपैयाँ

जनकदीप पराजुली (नेपाल चलचित्र निर्देशक समाज)ः १ लाख १ हजार रुपैयाँ

हास्य कलाकार किरण केसी र राज केसी समुहः २ लाख ५३ हजार रुपैयाँ

सुभाष खड्काः १ लाख रुपैयाँ

अभिनेता भुुवन केसीः १ लाख रुपैयाँ

कलाकार सुरेन्द्र केसीः २५ हनार रुपैयाँ

नेपाल चलचित्र द्वन्द्व कलाकार संघ(नारायण प्रधान): २५ हजार रुपैयाँ

निर्देशक एवं कलाकार दीपाश्री निरौलाः १ लाख १ हजार रुपैयाँ

शिवहरी नेपाल ‘बैरागी’: २५ हजार ५ सय २५ रुपैयाँ

ईन्द्र दोङः ७५ हजार रुपैयाँ

कलाकार मदनदास श्रेष्ठः ५१ हजार रुपैयाँ

सोभित उप्रेतीः२ लाख ५१ हजार रुपैयाँ

मधु कुमार श्रेष्ठः ५१ हजार रुपैयाँ

नेपाल चलचित्र नृत्य संघः २५ हजार रुपैयाँ

गायिका सुनिता दुलालः ५१ हजार रुपैयाँ

अनु उर्मिला सेरचनः १० हजार रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment