Comments Add Comment

पत्रकार मञ्चलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

१६ असार, काठमाडौं । बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोविड संक्रमणबाट बचावटका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको प्रदान गरेको छ । मञ्चको केन्ऽीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए  ।

प्रदान गरिएका सामग्रीहरुमा व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) २०० थान, केएन ९५ माक्स २०० थान, सर्जिकल माक्स १० हजार थान, पञ्जा ५०० थान र सेनिटाइजर ५०० मि.लि.को २०० थान सहयोग हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण गर्दै विहारका अध्यक्ष हुई गुआङले महामारीबाट मानव जगतमा हुन सक्ने क्षति घटाउनु र मनको त्रास हटाउनु अहिल सबैको पहिलो दायित्व भएको बताए ।

सामाजिक कामको मुल्याङ्कन जटिल परिस्थितिमा हुने बताउँदै हुईले आफूले पत्रकारहरु पनि जोखिममा रहेर काम गरिरहेको अनुभूति गरेकाले मञ्चमार्फत दैनिक खवर संकलन गर्न जाने पत्रकारहरुका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको उल्लेख गरे ।

सामग्री र उपकरणको अभावमा कतिपय अस्पतालहरुले अझै पनि सेवालाई गुणस्तरीय बनाउन सकिरहेका छैनन् । यस्ता संस्थाहरुलाई र महामारीमा खान लाउन नै समस्यामा परेका परिवारलाई आफूहरुले नियमित सहयोग गरिरहेको उनको भनाइ थियो ।

त्यस अवसरमा मञ्चका अध्यक्ष युवराज विद्रोहीले आम नागरिकलाई सुसूचित गर्ने काममा गर्न अग्रभागमा पुग्नु पर्ने करीव ३ हजार पत्रकार कोरोना संक्रमणमा परेको र करीव २० जनाले मृत्युवरण गर्नुपरेको बताए ।

‘सहयोग परिमाण वा संख्यासँगभन्दा भावनासँग सम्बन्धित भएको बताउँदै उनले कहिलेकाही सानो बस्तुले ठूलो काम गर्छ, सही समय नपर्दा महङ्गो बस्तुले पनि मुल्य पाउँदैन’ विद्रोहीले भने ।

पत्रकारहरुमा कोविडले आर्थिक, सामाजिक र पारिवारिक समस्या सिर्जना गरेको छ । यसकारण कतिपय पेशाकर्मी पेशाबाट विस्थापित हुनु पर्ने अवस्था आएको छ । मञ्चका कोविड समन्वय समितिका संयोजक चन्द्रमणि भट्टराईले प्राप्त सामग्री प्राथमिकताका आधारमा पत्रकारहरु वितरण हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment