Comments Add Comment

अष्ट्रेलियाको न्यु साउथ वेल्समा लकडाउनपछि पनि रोकिएन कोरोना संक्रमण

१७ असार, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यू) राज्यमा कडा लकडाउनका बीच कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तरको वृद्धि देखिएको छ ।

बिहीबार एनएसडब्ल्यूले समुदायस्तरमा ठूलो संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परिरहेको बताएको हो । राज्यमा कोरोनाका नयाँ संक्रमितको संख्या लगातार तेस्रो दिन बढेको हो ।

एनएसडब्ल्यूमा कोरोनाको निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण देखिएसँगै लकडाउन गरिएको छ । यद्यपि संक्रमण भने रोकिएको छैन । बिहीबार एनएसडब्ल्यूमा कोरोनाका २४ नयाँ संक्रमित फेला परेका छन् ।

‘यो चिन्ताको कारण हो । अबको केही दिनसम्म यो अवस्था जारी रहन सक्छ’, एनएसडब्ल्यूकी प्रिमियर ग्लाडिस बेरेजिक्लियानले भनिन् । उनका अनुसार अहिले रुघाखोकीको लक्षण देखिएका मानिसहरुले लकडाउनको अवज्ञा गरिरहेका छन् र बाहिर निस्किरहेका छन् । उनले आगामी दिनमा त्यस्तो हुन नदिने दाबी गरिन् ।

पछिल्लो समय अष्ट्रेलियाका विभिन्न राज्यमा कोरोना संक्रमण फैलिएको छ । जसको कारण अष्ट्रेलियाका प्रमुख सात सहरमा कडा लकडाउन लगायएको छ । पछिल्लो समय कोरोना संक्रमण सबैभन्दा धेरै देखिएको एनएसडब्ल्यूमा दुई सातामा करिब दुई सय संक्रमित फेला परिसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment