Comments Add Comment

प्रधानमन्त्रीमाथि नारायणकाजीको आरोप : विदेशी हस्तक्षेप आमन्त्रण गर्नुभयो

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयो ।’

उनले अघि भने, ‘उहाँले राष्ट्रियताको विषयमा जुन प्रकारको चर्चा थियो, त्यो धोका थियो र अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो ।’

अतिक्रमित भूभाग, ईपीजीको प्रतिवेदन वार्ताको विषय नबनेको तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेको भन्दै उनले भने, ‘बरु विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ । यो क्षम्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment