Comments Add Comment

प्रतिनिधिसभा विघटन निरंकुश कदम होइन : देवेन्द्र दाहाल

२१ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् ।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापनापछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे। उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसैसँग पनि जनतासँग जाने हिम्मत नभएको दाबी गरे।

उनले भने, ‘विपक्षीहरु कसैसँग पनि जनतासँग जाने हिम्मत देखिएको छैन ।’  दाहालले संसदीय अभ्यासको नाममा गैरसंवैधानिक अभ्यास देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे । उनले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्‍यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरु हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गरे ।

सरकारले कोभिड दोश्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गरे । उनले विपक्षी दलहरुले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे । संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताए ।

बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुनर्स्थापनाको माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment