Comments Add Comment

कर्णालीमा प्रादेशिक रंगशालाका लागि ३५ करोड बजेट

२३ असार, सुर्खेत । कर्णाली सरकारले प्रदेश गौरवको आयोजना घोषणा गरेको प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड बजेट विनियोजन गरेको छ ।

तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको रंगशालाको लागत अनुमान दुई अर्ब छ । लक्ष्य पूरा गर्न वार्षिक करीब ७० करोड बजेट विनियोज गर्नुपर्छ तर सरकारले आगामी आर्थिक वर्षका लागि ३५ करोड मौ विनियोजन गरेको छ ।

रंगशालाका लागि विनियोजन भएको बजेट न्यून भएको कर्णाली प्रदेश खेलकुद् परिषद्का सदस्य सचिव विश्वमित्र सन्ज्याल बताउँछन् । ”हामीले ६० करोड बढी माग गरेका थियौं तर मन्त्रालयबाट ३५ करोड मात्रै प्रस्ताव भएको छ,” उनले भने । बजेट पर्याप्त नभए पनि आयोजना सुरु गर्नै पर्ने बाध्यता रहेको सन्ज्याल बताउँछन् ।

२०८० मा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालमिा हुँदैछ । प्रदेशमा हाल एउटा पनि रंगशाला छैन् । प्रदेश र जिल्लास्तरका प्रतियोगिता पनि धुले मैदानमै आयोजना हुने गरेका छन् । खेलाडीहरूले पनि खुला चौर र धुलोमै अभ्यास गर्नुपर्ने बाध्यता छ ।

यही आवश्यकतालाई ध्यानमा राखी प्रदेश राजधानी वीरेन्ऽनगरमा प्रादेशिक रंगशाला बनाउने योजना अगाडि सारिएको हो ।

प्रतियोगिताका लागि महत्वपूर्ण मानिएको उक्त रंगशाला निर्माणको लागि साउनभित्रै टेन्डर हुने सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीले बताए ।

संघीय सरकारले २०७५ सालमै सातै प्रदेशमा एक/एक रंगशाला निर्माणको घोषणा गरे पनि कर्णालीमा खेलकुद पूर्वाधार निर्माण हुन सकेको थिएन् । उक्त आयोजनालाई कर्णाली सरकारले प्रदेश गौरवको आयोजना भनेको छ ।

रंगशाला दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै निर्माण गरिने सदस्य सचिव सन्ज्याल बताउँछन् । ”मास्टर प्लान तयार छ, साउनको पहिलो साताभित्र टेन्डर गर्छौं, दुई वर्षभित्र रंगशाला निर्माण भइसक्नेछ,’ उनले भने । सरकारले उपलब्ध गराउने बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्नुको विकल्प नभएको सन्ज्यालकोे भनाइ छ ।

वीरेन्द्रनगरमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्न सक्ने क्षमताको हुनेछ । योसँगै अन्तर्राष्ट्रिय पौडी संघको मापदण्ड अनुसारको पौडी पोखरी र कवर्ड हल पनि निर्माण गरिने छ ।

सरोकारवाला भन्छन्- बजेट पर्याप्त छैन

कणर्ाली प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षका लागि कुल ५९ करोड बजेट विनियोजना गरेको छ । त्यसमध्ये पूर्वाधार निर्माणका लागि मात्रै ४५ करोड प्रस्ताव गरिएको छ ।

प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक/एक करोड प्रस्ताव गरिएको छ ।

झट्ट हेर्दा बजेटको आकार ठूलो देखिए पनि राष्ट्रिय खेलकुद् प्रतियोगिताको पूर्वाधार निर्माणका लागि यो पर्याप्त नभएको कर्णाली प्रदेश फुटबल संघका महासचिव गणेशकुमार कार्कीले बताए । ”कणर्ालीका खेल संरचना शून्य छ, राष्ट्रिय प्रतियोगता सञ्चालन योग्य संरचना निर्माण गर्न सम्पूर्ण बजेट पूर्वाधार निर्माणमा खर्चे पनि कमै हुन्छ” उनले भने, ” एउटा मात्रै बहुउपयोगी रंगशाला बनाउन अर्बाै बजेट चाहिन्छ ।”

राष्ट्रियस्तरका खेल प्रतियोगिताका लागि बनाइने हरेक संरचना दीर्घकालीन प्रयोगमा ल्याउन मिल्ने गरी निर्माण गरिनुपर्ने उनले बताए ।

पछिल्लो तीन वर्षमा खेल संरचना निर्माणका लागि संघ र प्रदेश सरकारले छुट्याएको २२ करोड बजेट  फ्रि ज गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment