Comments Add Comment

करणी गरेको अभियोगमा एकजना पक्राउ

२७ असार, मकवानपुर । पचपन्न वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगर रहेका छन् ।

उनीमाथि ती महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment