Comments Add Comment

हरिवंश र पलसँग करिश्मा र केकीको ‘माछीलाई खोलीको लेउ’

३ बर्ष अगाडि सार्वजनिक भएको गीत ‘माछीले खाने खोलीको लेउ’ बोलको गीतलाई ५ करोड भन्दा बढी पटक हेरिएको छ । सरोज ओली र मेलिना राइको स्वरमा समावेश यो गीतमा दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत छ ।

अब यसको निर्माणपक्षले यो गीतको सिरिज सार्वजनिक गरेको छ । ‘माछीलाई खोलीको लेउ’ बोलको यो गीतमा हरिवंश आचार्य र मेलिना राइको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत छ ।

यो गीतको भिडियोमा विक्रम स्वारको निर्देशन छ । भिडियोमा कलाकार हरिवंश आचार्य, करिश्मा मानन्धर, केकी अधिकारी र पल शाहलाई फिचरिङ गरिएको छ । विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सुवर्ण द्ुलालको सम्पादन छ ।

भिडियोमा हरिवंश र करिश्माको जोडी हेर्न सकिन्छ भने पल र केकीको जोडीलाई हेर्न सकिन्छ । यो एक रोमान्टिक गीत हो । कलाकार हरिवंश आचार्यले आफ्ना अघिल्ला गीत जस्तो यो गीतमा सन्देशको अपेक्षा नगर्न दर्शक तथा श्रोतासँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment