Comments Add Comment

सबैभन्दा ठूलो मुख बनाएर विश्व कीर्तिमान (भिडियो सहित)

संसारका कतिपय मानिसहरु यस्ता हुन्छन् जो आफ्नो विशेष क्षमता तथा कार्यका कारण विश्व कीर्तिमान राख्न सफल हुन्छन् ।

यस्तै एउटा अनौठो कीर्तिमान एकजना महिलाले राखेकी छिन् । उनले सबैभन्दा ठूलो मुख बनाएर गिनिज बुकमा नाम लेखाएकी हुन् । अमेरिकाकी ३१ वर्षिया सामन्था रेम्सडेलले आफ्नो मुख खोलेर सबैभन्दा ठूलो भ्वाङ बनाइन् ।

सामन्थाले आफ्नो मुख आँ… गरेर भीमकाय मुख बनाएको भिडियो इन्टरनेटमा पोस्ट गरिन् । सोही भिडियोले उनलाई संसारकी सबैभन्दा ठूलो मुख भएकी महिलाको रुपमा गिनिज बुकमा प्रवेश दियो ।

एकजना गिनिज बुक अफ वर्ल्ड रेर्कड्सका अधिकारीले उनको आँ…. गराएको मुखको मापन गरे । त्यसक्रममा उनको मुख २.५६ इन्ध पाइयो ।

पहिले आफ्नो ठूलो मुखका कारण मानिसहरुले आफ्नो मजाक उडाउने गरेकोमा अहिले गिनिज बुकमा नाम लेखाएपछि ठूलो मुख नै आफ्नो लागि गर्वको विषय भएको सामन्था बताउँछिन् । उनको मुख यति ठूलो छ कि फ्रेन्च फ्राइजको प्याकेट देखि एउटा सिंगै स्याउसम्म एकै पटकमा क्वाप्पै खान सक्छिन् ।

यी कीर्तिमानी मुखधारी महिला सोसल मिडियामा पनि सेलिब्रेटी नै बनेकी छिन् । उनको टिकटकमा १७ लाख फलोअर्स छन् ।

उनले संसारको सबैभन्दा ठूलो मुख भएका व्यक्ति आइज्याक जोन्सनसँग पनि भिडियो बनाएकी छिन् । जोन्सनको मुख ४ इन्च ठूलो छ ।

सामन्था भन्छिन् : यो मुख हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यसमाथि हामीलाई गर्व छ । यो हाम्रो महाशक्ति हो । यो त्यो चिज हो जसले हामीलाई विशेष बनाउँछ र सामान्य मानिसहरुभन्दा अलग बनाइदिएको छ ।

एजेन्सीको सहयोगमा

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment