+
+

चिडियाखानामा जन्मियो कीर्तिमानी जिराफ, २ हप्तामै ६ फिट अग्लो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १३:५०

अमेरिकाको म्यासाच्यूसेट्सस्थित मेन्डनमा रहेको साउथविक जूमा  एउटा २ हप्ता अगाडि जन्मिएको नवजात जिराफले सबैको ध्यान खिँचेको छ ।

डली नामक उक्त जिराफ अहिले चिडियाखानामा आकर्षणकेा केन्द्र बनको छ । दुई हप्ताको उमेरमै डलीको वजन झण्डै ७० किलोग्राम छ भने शरीरको उचाइ ६ फिट पुगिसकेको छ ।

रिपोर्ट अनुसार डली चिडियाखानामा जन्मिएको संसारकै सबैभन्दा ठूलो जिराफको बच्चा हो ।

डलीको आमाले उसलाई दूध चुसाउन सकेको छैन । त्यसैले डलीलाई हाल बोतलको दूध खुवाएर हुर्काइँदैछ । उसलाई तत्कालै उसको आमासँग मिसाइने सम्भावना कम रहेको चिडियाखानाका अधिकारी बताउँछन् ।

दुई हप्तामै एउटा वयस्क मानिसको जत्तिकै उचाइ तथा झण्डै त्यत्तिनै तौल बनाएको यो जिराफ वयस्क हुँदा कत्रो होला ?

वास्तवमा चार वर्षको उमेरमा जिराफको शरीरको उचाइ पूर्ण आकारमा बन्दछ भने सात वा ८ वर्षमा उसले शरीरको पूर्ण तौल प्राप्त गर्दछ ।

भाले जिराफको शरीरको औसत तौल १९३० किलो र पोथी जिराफको औसत तौल १८६० किलो हुन्छ ।

पृथ्वीको सचेतना दिवसको अवसरमा गत अगष्ट ७ मा पहिलोपटक डलीलाई सार्वजनिक रुपमा चिडियाखानामा प्रदर्शन गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?