+
+

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १४:४४

१ भदौ, काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भई काठमाडौंको तीनकुने बस्ने ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमबार झापाको अर्जुनधारा नगरपालिका–२ शान्ति चोकबाट जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

उनले पाँचथरको तुम्बेवा गाउँपालिका–५ हाङ्थुमका ध्रुवकुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाइदिने र कोकाकोला कम्पनीमा मासिक तीन लाख कमाइ हुने जागिर लगाइदिने भन्दै ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको अभियोग छ ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?