+
+

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुद्वारा शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १७:४५

१ भदौ, काठमाडौं । निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

पार्टी नेता प्रमोद साहले केन्द्रीय कार्य समितिको बैठकको सुरुमै पार्टी केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइएको जानकारी दिए । उनले भने, ‘पार्टीका केन्द्रीय सदस्यहरुको विवरण निर्वाचन आयोगमा पठाउने काम गरिएको छ । ती केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराइयो । पार्टीको सिद्धान्त, नीति, निमय अनुसार चल्नलाई केन्द्रीय सदस्यहरुलाई सपथ गराइएको हो ।’

दुई दिनसम्म चल्ने केन्द्रीय कार्य समितिको बैठकमा नेता राजेन्द्र श्रेष्ठले पार्टीको आगामी कार्यदिशाबारे प्रतिवेदन पेश गरेका छन् अर्का नेता मृग्रेन्द्रसिंह यादवले पार्टीको संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गरेका छन् । दुवै नेताहरुको प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले आ-आफनो धारणा राख्नेछन्

बैठकमा प्रदेश कमिटीको नेताहरुले पनि पार्टीको कार्यदिशा र संगठन सृदृढीकरणका विषयमा आ-आफ्नो धारणा राख्नेछन्। नेता साहले पार्टीको तल्लो तहसम्मको संगठन सुदृढीकरणका लागि ठोस धारणा तय गर्न पनि केन्द्रीय कार्य समितिको बैठक बोलाउनु परेको स्पष्ट पारे । पार्टीको भावी कार्यदिशाका विषयमा नेताहरुबीच गहन छलफल हुने पनि जनता समाजवादी पार्टी, नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?