+
+

देशभक्तिको सवालमा प्रदेश-२ बलियो छ : निवर्तमान प्रदेश प्रमुख झा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १८:२५

१ भदौ, काठमाडौं। प्रदेश-२ को प्रदेश प्रमुखबाट पदमुक्त भएका राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् ।

पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए ।

सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जानुपर्ने उनको भनाइ छ ।

‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छु’ उनले भनेका छन् ।

निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि विश्वास गरेर आफूले निजी सचिवालय पनि नराखेको निवर्तमान प्रदेश प्रमुख अहिराजले बताए । ‘राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ’ उनले भने ।

निवर्तमान प्रदेश प्रमुख अहिराजले नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पूर्ण कार्यकालको सफलताको शुभकामना दिएका छन् ।

प्रदेश प्रमुखको रूपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु’ उनले भनेका छन् ।

निवर्तमान प्रदेश प्रमुख झाले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी नलिने घोषणासमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?