+
+

कुमारी स्मार्ट लगिन च्यालेन्ज शुरु, बिजेतालाई १० हजार पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १८:३३

डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’ नामक अभियान शुरु गरेको छ ।

उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले रु १,००० का दरले पुरस्कार प्राप्त गर्नेछन् ।

यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार रु. १०,००० नगद प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुन ग्राहकवर्गहरुले सो अभियान शुरू भएको १ महिनासम्म कुमारी स्मार्ट एपमार्फत आफ्नो खाताको विवरण हेर्ने अथवा टप–अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ।

उल्लेखित मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ गतेदेखि सुरू हुने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?