+
+

बजाजको नयाँ शोरुम अब धनुषामा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १८:३६

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले धनुषामामा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “माँ दुर्गा अटो मोबाइल्स” को उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले धनुषामा पनि शोरुम संचालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन माँ दुर्गा अटोमो बाइल्सका प्रोपराइटर निमर्ला कुमारीलाई डिलरसीप प्रदान गरिएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा गु्रपका डिरेक्टर अभिमन्यु गोल्छाल भने, ‘हामी धनुषामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । धनुषामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कियसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

शोरुम उद्घाटनको अवसरमा माँदुर्गा अटोमोबाइल्सले मोटरसाइकल किन्ने ग्राहकहरुका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?