+
+

कलाकारका नाममा बनेका फिल्ममा दर्शकको चासो कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:०८

नेपालमा थोरै मात्र कलाकारको नाममा चलचित्र बन्ने गरेका छन् । विशेषगरि, मेकरले नेपालमा सफल भएका कलाकारको नाममा चलचित्र बनाउने गरेको पाइन्छ । तर, ती चलचित्रहरुको संख्या भने निकै कम छ । निर्माता केदार भुषालले नायक राजेश हमालको नाममा ‘म राजेश हमाल’ बनाउने तयारी गरेका छन् । यो चलचित्रमा राजेश हमालको नाम प्रयोग भएपनि उनको बायोपिक भने नहुने निर्माणपक्षले बताएको छ ।

नेपाली चलचित्र क्षेत्रमा राजेश हमाल सर्वाधिक सफल मानिएका कलाकार हुन् । यसैले, पनि उनको लोभलाग्दो क्रेज देखेर बेलाबखत निर्माता चलचित्र बनाउन कस्सिन्छन् ।

निर्देशक ऋषि न्यौपानेले राजेशकै क्रेजलाई देखेर ‘मेरो राजेश दाई’ नामक चलचित्र बनाए । राजेश हमालको डुब्लिकेट भनेर चिनिएका कलाकार शित्तल केसी र राजेश हमाललाई राखेर यो चलचित्र बनेको थियो । दाजुभाइको कथामा निर्माण भएको यो चलचित्रले दर्शकको साथ पाएन । हमालको नाममै चलचित्र बनेपनि दर्शकले चलचित्र हेर्न कुनै रुची देखाएनन् ।

नायक निखिल उप्रेतीको नाममा पनि चलचित्र बनेको थियो । नायक निखिल उप्रेतीको क्रेज उचाइमा रहेको समयमा उनको नाममा नै यो चलचित्र बनेको थियो । यो चलचित्रमा निखिल उप्रेती, रेखा थापा, दिलिप रायमाझी, गरिमा पन्तको साथमा नायक राजेश हमालको भूमिका छ ।

कलाकार सुलेमान शंकरलाई दर्शकले ‘इकु’ नामले चिनेपछि यो नाममा २ वटा चलचित्र बने । ‘इकु’ चरित्र हिट भएपछि सुलेमानले यही नाममा चलचित्र बनाए र राम्रो रकम कमाए । बक्स अफिसमा यो चलचित्र हिट भयो । पछि, सुलेमानले ‘इकु ब्याक एगेन’ नाममा चलचित्र बनाए पनि यसले बक्स अफिसमा कुनै कमाल गर्न सकेन ।

कृष्ण चापाँगाईको निर्देशनमा बनेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । यसपछि भने निखिलकै नाममा अर्को चलचित्र बनेको छैन । नेपालमा कलाकारको नाममा थोरै मात्र चलचित्र बनेका छन् । तर, कलाकारको नाममा नै बनेका चलचित्रमा दर्शकको चासो कम देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?