+
+

फेसबुक मेसेन्जरमा पनि इण्ड टू इण्ड इनक्रिप्सन, च्याट र कल पूर्ण रुपमा सुरक्षित हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:४८

२ भदौ, काठमाडौं । फेसबुकले आफ्नो मेसेन्जर एप फेसबुक मेसेन्जरमा निकै महत्वपूर्ण सुरक्षा फिचर थप गरेको छ । ह्वाट्सएपमा जस्तै फेसबुक मेसेन्जरमा पनि इण्ड टू इण्ड इनक्रिप्सन फिचर लागू गरिएको हो ।

कोरोना भाइरस महामारी सुरु भएसँगै मेसेन्जरमा भिडियो तथा अडियो कलिङको दर अत्यधिक बढेसँगै कल तथा मेसेजहरुलाई गोपनीय तथा सुरक्षित बनाउनका लागि यो फिचरको माग बढेको थियो ।

फेसबुकले मेसेन्जरमा ल्याएको यो नयाँ अपडेटको बारेमा एक ब्लग पोस्टमा जानकारी गराएको छ ।

उक्त ब्लगमा भनिए अनुसार नयाँ अपडेट पश्चात् फेसबुक मेसेन्जर प्रयोगकर्ताका मेसेज, कल तथा भिडियो कल अब स्वयं प्रेषक र प्रापक बाहेक बीचमा अन्य कसैले पनि ह्याक गरेर देख्न, पढ्न सक्नेछैनन् । यतिसम्म कि प्रयोगकर्ताका मेसेज तथा कल फेसबुक स्वयंले पनि देख्न, पढ्न पाउनेछैन ।

साथै फेसबुक मेसेन्जरको disappearing messages फिचरमाथि पनि प्रयोगकर्ताको थप नियन्त्रण हुनेछ । इण्ड टू इण्ड इनक्रिप्सनमा पठाउने यस्तो मष्कबउउभबचष्लन मेसेज अब कति घण्टापछि डिलिट हुने भन्ने कुराको समय निर्धारण प्रयोगकर्ताले गर्न सक्नेछन् । यसका लागि ५ सेकेण्ड देखि २४ घण्टासम्मको समय सीमा राखिएको छ ।

फेसबुकले मेसेन्जरको ग्रुप कलमा पनि निकट भविष्यमै इण्ड टू इण्ड इनक्रिप्सनको परीक्षण सुरु गर्ने जनाएको छ ।

फेसबुकका अनुसार पछिल्लो वर्षयता फेसबुक मेसेन्जरमा अडियो तथा भिडियो कल गर्नेको संख्यामा उच्च वृद्धि भएको छ । हाल फेसबुक मेसेन्जरमा दैनिक १५ करोड भिडियो कल हुने गरेका छन् । फेसबुकले सन् २०१६ मा मेसेन्जर एपमा secret chats फिचर थप गरेसँगै टेक्स्ट मेसेजको हकमा इण्ड टू इण्ड इनक्रिप्सन सुरु गरेको थियो । अब यो फिचर सबैखाले भ्वाइस तथा भिडियो कलमा पनि थप भएको छ ।

फेसबुकले निकट भविष्यमा इन्स्टाग्राममा पनि इण्ड टू इण्ड इनक्रिप्सन जारी गर्ने बताएको छ । सुरुवातमा केही इन्स्टाग्राम प्रयोगकर्ताको लागि परीक्षणको रुपमा यो फिचर सुरु गरिने र त्यसको केही समयपछि सबै प्रयोगकर्ताका लागि जारी गरिने फेसबुकको भनाई छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?