+
+

पदमुक्त नगर्न माग गर्दै संसद सचिवालय गए एमालेका १४ सांसद

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १४:३८

२ भदौ, काठमाडौं । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

१४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाएका थिए । उनीहरुले दलको ह्वीप उल्लंघन गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।

तर १४ सांसदले आफूहरुमाथि गरिएको कारबाहीमाथि नै प्रश्न उठाएका छन् । २७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा संसदीय दलले ह्वीप नै नलगाएको र ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको आधारमा कारबाही गर्नु सर्वोच्च अदालतको फैसला विपरीत भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?