+
+

१० बुँदे सहमतिबाट अघि बढ्न एमाले प्रतिबद्ध : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १०:२७

३ भदौ, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले सहमतिको बाटो छोडेर माधव नेपालले नयाँ पार्टी खोल्नु दुःखद भएको बताएका छन् । पार्टीलाई कमजोर पार्ने षडयन्त्र भएको भन्दै उनले त्यसमा विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएको बताएका छन् ।

सामाजिक सन्जालमा नेता पोखेलले लेखेका छन्, ‘विचार र सिद्धान्तले लैस पार्टीलाई संगठनात्मक रुपमा सुदृढ बनाउ, सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुकै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाऊँ ।’

उनले दुई पक्षीय कार्यदलले तयार गरेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न पार्टी प्रतिबद्ध रहेको समेत बताएका छन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेल अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच सहमतिको मस्यौदा तयार पार्न गठित कार्यदलका सदस्यसमेत हुन् ।

दुवै पक्षका नेताहरुले सहमतिका १० बुँदा तयार पारेर नेतृत्वलाई बुझाए पनि ओली र नेपालबीचको टकरावले सो सहमति अलपत्र परेको थियो । सहमतिलाई अपनत्व नलिएका नेता नेपालले बुधबार निर्वाचन आयोगमा नयाँ पार्टी ‘एमाले समाजवादी’ दर्ता गर्न निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?