+
+

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा जटिल समस्या, मुम्बईमा उपचार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १:४५

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । घाँटीमा देखिएको समस्याको उपचार गर्न उनी भारतको मुम्बइ गएका छन् ।

मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनको उपचार भइरहेको छ । गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको टोली संलग्न छ ।

एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि गिरी उपचारका लागि मुम्बई गएका थिए ।

उनको स्वास्थ्यमा जटिल समस्या देखिएको जानकारी पाएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई जाँदैछन् । जनकपुरमा रहेका निधि आज बिहीबार भारतको दरभंगासम्म गाडीमा र त्यहाँबाट हवाई यात्रामार्फत मुम्बई जाने उनका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।

उपचारका लागि मुम्बई जानुअघि गिरी र निधिबीच भेट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?