+
+

बलिउड : प्रेम–रोमान्स र लफडाको कथा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १०:५२

मिस्टर पर्फेक्सनिस्ट आमिर खानको व्यवसायिक छवि निकै भव्य छ । फिल्मी करियरमा उनले लोभलाग्दो उचाई हासिल गरेका छन् । के सम्म भनिन्छ भने, आमिरले जे छुन्छन्, त्यो सुन हुन्छ । खासगरी उनी जुन चलचित्रमा संलग्न हुन्छन्, त्यो सुपरहिट भएरै छाड्छ । अभिनेताको रुपमा, निर्माताको रुपमा, निर्देशकको रुपमा उनी सफल छन् ।

तर, निजी जीवन यति रहरलाग्दो छैन ।

खासगरी उनको दाम्पत्य जीवन दीगो रहेन । केही समयअघि मात्र उनले किरण रावसँग सम्बन्ध अन्त्य गरे । उनीहरुको कोखका एक छोरो छन् । किरण उनको दोस्रो पत्नी हुन् । त्यसअघि उनले रिना दत्तसँग विवाह गरेका थिए । उनीहरु दुई सन्तानका आमाबुवा बने । तर, पछि दाम्पत्य जीवन टिकाइरहन सकेनन् ।

यी त भए सतहमा आएका कुरा । त्यसबाहेक पनि आमिर खानको अर्को यस्तै काण्ड छ । कुनैबेला उनी जेसिका हाइन्स नामकी विदेशी पत्रकारसँग अफेयरमा थिए । उनीहरुको भेट फिल्म ‘गुलाम’को सेटमा भएको थियो । यो १९९८ को कुरा हो । उनीहरुले एकअर्कालाई प्रेम गर्न थाले र लिभ इन रिलेशनमा बसे ।

भनिन्छ, जेशिका गर्भवती भइन् । तर, आमिरले गर्भपतनका लागि दबाब दिए । आखिरमा जेशिका आमिरलाई छाडेर बेलायत गइन् ।

अब लागौं करिना र ऋतिक रोशनतर्फ ।

ऋतिक रोशनको पनि दाम्पत्य जीवन सुखमय भएन । उनले सुजैन खानसँग विवाह गरेका थिए । उनीहरु सन्तानका आमाबुवा पनि बने । तर, पछि यो सम्बन्ध लामो समय रहेन । उनीहरु अलग भए ।

ऋतिक रोशनसँग पछिल्लो समय कंगना रनौतको नाम जोडियो । तर, यो सम्बन्धलाई ऋतिकले स्वीकार गरेनन् । जबकि, कंगनाले ऋतिकसँग जोडिएका केही गोप्य कुराहरु बाहिर ल्याइन् । त्यसपछि दुबैले कानुनी झमेला समेत ब्यहोर्नुप¥यो ।

त्यसो त सुजैन खानसँग सम्बन्ध विच्छेद गर्नुअघि पनि ऋतिक करिनासँग प्रेममा थिए । ‘मै प्रेम की दीवानी हुँ’ फिल्म खेल्दा खेल्दै दुबै एकअर्काको प्रेममा परे । यो सम्बन्धले बलिउडमा निकै हलचल मच्यायो ।

त्यसैगरी फिल्म ‘काइट्स’ को बेला ऋतिक र बार्बरा मोरीबीच लभ अफेयर भएको हल्ला व्यापक रुपमा चल्यो । त्यसबेला सुजैन ऋतिकदेखि त्यतीसम्म दुःखी भएकी थिइन् कि उनी घर छाडेर गएकी थिइन् ।

अक्षय कुमारका लागि ‘खिलाडी’, ‘सबसे बडा खिलाडी’, ‘मै खिलाडी तू अनाडी’, खिलाडियों के खिलाडी’ जस्ता फिल्म फलिफापयुक्त भयो । उनी फिल्ममा त खेलाडी नै थिए, प्रेमको सन्दर्भमा पनि खेलाडी बनेर निस्किए ।

कतिसम्म भनिन्छ भने, अक्षय एकसाथ तीन जना अभिनेत्रीसँग प्रेम सम्बन्धमा थिए । ९० को दशककी चर्चित अभिनेत्री रविना टण्डनदेखि रेखा, शिल्पा सेट्टीसम्मलाई उनले आफ्नो मायामोहमा पारे ।  जुनबेला उनी रविनासँग अफेयरमा थिए, अर्कोतिर रेखासँग पनि डेट गरिरहेका थिए । जब यो रहस्य बाहिरियो, रबिनाले अक्षयसँगको सम्बन्ध तोड्नि । पछि अक्षय शिल्पासँग नजिक भए । शिल्पासँग अफेयरमा रहेकै बेला उनले ट्वींकल खन्नासँग विवाह गरे ।

बलिउडमा जुन समय रीना रोयको करियर उत्कर्षमा थियो, त्यही समय उनको अफेयर सत्रुध्न सिन्हासँग भइरहेको थियो । केहि कामको सिलसिलामा जब रीना लन्डन गइन्, त्यहीबेला शत्रुध्नले पूर्व मिस योङ इन्डिया पुनम चन्डीरामणिसँग बिवाह गरेर सबैलाई छक्क पारिदिए । यसको सुईको पाउनसाथ रीना लन्डनबाट फर्किइन् र सत्रुध्नसँग यसको कारण सोधिन् । बिवाहपछि सत्रुध्न र रीनाबीच सम्बन्ध कायम रह्यो । तर, उनीहरुको सम्बन्धको दुखद अन्त्य किन भयो, त्यसको जबाफ कसैसँग छैन । एक अन्र्तबार्तामा सत्रुध्नले आफुहरुको सम्बन्ध ७ बर्षसम्म चलेको बताएका थिए । रोचक त के भने, उनीहरुको यो रिलेसनको बारेमा सत्रुध्नकी पत्नी पुनमलाई समेत सबैकुरा थाहा भएको बताइन्छ ।

डिस्को डान्सर किंग मिथुन र श्रीदेवीबीच पनि अफेयर थियो । यद्यपी त्यसबेला मिथुनले बिवाह गरिसकेका थिए । उनकी पत्नी योगिता बली थिइन् । के पनि भनिन्छ भने, श्रीदेवीसँग मिथुनले गुपचुप बिवाह पनि गरेका थिए । तर, यो खबर थाहा पाएर योगिताले आत्माहत्याको प्रयास गरिन् । त्यसपछि मिथुन श्रीदेवीलाई छाडेर पत्नी योगितासँगै बस्न थाले । त्यसको केहि समयपछि श्रीदेवीलाई बोनी कपुरले बिवाह गरेर सबैलाई अचम्मित तुल्याइदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?