+
+

‘आँखामा आउने सपनी’का गायकसँग केन्द्र मोसनको २० लाखमा एक बर्षको संझौता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते ११:३४

नेपाली सांगीतिक बजारमा पछिल्लो केही समयमा नै केन्द्र मोशन पिक्चर्स सर्वाधिक चर्चामा छ । ‘फुलबुट्ट सारी, टाढा भएपनि, आँखमा आउने सपनी’ लगायतका गीत सार्वजनिक गरेपछि केन्द्र मोशनको चर्चा चुलिएको हो । केन्द्र मोशनले नायक पल शाह र नायिका मलिका महत्तसँग ६ वटा म्यूजिक भिडियोका लागि संझौता गरिसकेको छ । जसमध्ये ३ वटा भिडियो निर्माण भैसकेको छ ।

अब, केन्द्र मोशनले गायक तथा सर्जक एकदेव लिम्बुसँग पनि नयाँ संझौता गरेको छ । एकदेवलाई केन्द्र मोशनले एक बर्षका लागि संझौता गरेको हो ।

एक बर्षमा एकदेवले ५ वटा गीत सार्वजनिक गर्नेछन् । गीतको तयारीका लागि केन्द्रले एकदेवलाई २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । साथै, आम्दानीबाट पनि एकदेवले केही शेयर पाउनेछन् ।

केन्द्र मोशनले एकदेवसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा कलाकार तथा सर्जकलाई केही समयका लागि संझौता नै उपलब्ध गराएर अगाडि बढेको केन्द्र मोशनसँग जोडिन अन्य कलाकार पनि इच्छुक देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?