+
+

बार्सिलोनामा काउटिन्होका उतारचढाव, क्लबले अर्को अवसर दिने  

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १४:१३

३ भदौ, काठमाडौं । फिलिप काउटिन्होलाई अनुबन्ध गर्न क्लब नभेटेपछि बार्सिलोनाले उनलाई टिममै राख्ने निर्णय गरेको छ । बार्सिलोनाले काउटिन्होलाई टिममै अर्को एक अवसर दिन लागेको हो ।

ब्राजिलियन मिडफिल्डर काउटिन्होले इंग्लिस क्लब लिभरपुलमा गरेको जस्तै प्रदर्शन बार्सिलोनाले खोजेको थियो । तर क्याम्पनोउमा क्लबको कीर्तिमानी अनुबन्ध जस्तो नहुँदा बार्सिलोनाको टिमको क्वालिटी घटेको छ । तर काउटिन्होले धेरै स्वतन्त्रता दिए बार्सिलोनाले खोजेजस्तो नयाँ लिडर निस्कन्छ कि भने अनुमान छ ।

कोएमनलाई मन पर्छ काउटिन्हो

बार्सिलोनाले काउटिन्होलाई बेच्ने कुरा गर्दा रोनाल्डो कोएमनले भने सधैं आफू इन्टरका यी पूर्व खेलाडीको फ्यान भएको प्रष्ट पार्दै आएका थिए ।

गत सिजन उनले चोटअघि नियमित पहिलो रोजाइमा खेले र त्यसपछि पेड्री आए उनले प्रमाणित पनि गरे । कोएमनले काउटिन्हो अब फिट भएकोले टिममा राख्ने सम्भावना छ । उनी मिडफिल्ड वा फ्रन्ट थ्रीमा खेल्न सक्छन् ।

उनले पेड्री र फ्रेन्की डे जोङसँग मात्र प्रतिस्पर्धा गर्ने होइन तर उनले लेफ्ट विंगरको रुपमा पनि खेल्न सक्छन् ।

यसले कोएमनलाई विकल्प पनि दिएको छ । सर्जियो अगुएरो, अंशु फाटी र उसमान डेम्बेले सबै घाइते रहेको काउटिन्हो हुँदा विकल्प बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?