+
+

माधव नेपालसँग जानेलाई ओलीले भने : नाम कटाएर आउनुस्, सँगै काम गरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १७:०३

३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दल दर्ता गर्न माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन आग्रह गरेका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन नेताहरुलाई आग्रह गरेका हुन् । ‘त्यो लिस्टबाट नाम कटाउनुस्, तपाईं हामीले बनाएको पार्टी हो आउनुस् काम गरौं’ उनले भने, ‘कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र इष्र्याका लागि पार्टी र आन्दोलनलाई कमजोर पार्नु हुन्न ।’

अध्यक्ष ओलीले निर्वाचन आयोगमा माधव नेपालले बुझाएको सूचीमा आफू नरहेको घोषणा गर्न अप्ठेरो नमान्न पनि नेताहरुलाई आग्रह गरे । ‘त्यहाँ आफू नभएको कुरा अप्ठेरो नमानी घोषणा गर्नुस् आउनुस् काम गरौं । देशको भविष्य बनाऔं, आफ्नो पनि भविष्य बनाऔं’ उनले भने

अध्यक्ष ओलीले कोही अलमल वा भ्रममा परेर गएको भए सम्झाउन पार्टीका नेताहरुलाई आग्रह गरे ।

अहिलेको सत्तारुढ गठबन्धनले एमाले फुटाउने मनसाय राखेर अध्यादेश जारी गरेको भन्दै ओलीले आपत्ति जनाए । ‘एमाले फुटाएर कमजोर पार्ने गलत मनसाय राखेर, मान्छे गन्ने जति मान्छे छ त्यति प्रतिशत राखेर अध्यादेश जारी गरियो’ उनले भने ।

लामो समयदेखि एमालेविरुद्धको चलेको अभियान निष्कर्षतिर पुग्नै लागेको ओलीले टिप्पणी गरे । ‘एक ढंगले केही मान्छेहरु जसको एमाले सिध्याउने उद्देश्य थियो’ उनले भने ।

आफूले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नलिएर अध्यक्ष नै हुनका लागि पार्टी फुटाएको टोलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?